Logo

२०७८ माघ १५ गते शनिवार

images

शेयर बजारमा दोहोरो अंकको गिरावट: यी १० कम्पनीले गरे सर्वाधिक शेयर कारोबार, कुनको कति ?

शेयर बजारमा दोहोरो अंकको गिरावट: यी १० कम्पनीले गरे सर्वाधिक शेयर कारोबार, कुनको कति ?

खबर सेन्टर

२८ पौष २०७८
  • 652
    SHARES
  • images
    images
    शेयर बजारमा दोहोरो अंकको गिरावट: यी १० कम्पनीले गरे सर्वाधिक शेयर कारोबार, कुनको कति ?
    images
    images

    पछिल्लो समय लगातार बढी रहेको शेयर बजार साताको चौथो कारोबारको दिन(बुधबार) दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३०.५१ अंकको गिरावट आएको छ ।

    images
    images
    images

    नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ को विन्दुमा पुगेको छ । नेप्से १.०८ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ को विन्दुमा पुगेको छ । 

    कारोबारमा आएका कूल २२९ वटा कम्पनीको एक करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर बढेको छ भने बाँकी सबै उपसमूहहरुको उपसूचक घटेको हो ।

    बुधबार नेपाल बंगलादेश बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २८ करोड ६९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

    आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    यस दिन हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ६.२१ प्रतिशतले घटेर ४ सय ६७ रूपैयाँमा झरेको छ । 

    ooo.jpg

    images
    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - १६:२३:४७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार