Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

कारागारको बसाइँ पनि कार्यवाहकलाई दिन डीपी अर्यालले गरेका थिए रबिलाई यस्तो प्रस्ताब

कारागारको बसाइँ पनि कार्यवाहकलाई दिन डीपी अर्यालले गरेका थिए रबिलाई यस्तो प्रस्ताब


  • 2.7K
    Shares

    कारागारको बसाइँ पनि कार्यवाहकलाई दिन डीपी अर्यालले गरेका थिए रबिलाई यस्तो प्रस्ताब

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू नख्खु कारागारमा रहँदा कार्यवाहक सभापतिका रूपमा डीपी अर्यालले ुसट्टाुमा आफू बस्न मिल्दैन भनि सोधेको सुनाएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा लामिछानेले उक्त प्रसंग स्मरण गरेको प्रवक्ता मनीष झाले जानकारी दिए । 

    “पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाइँ पनि कार्यवाहकलाई दिन मिल्दैन रु मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ । तपाईं बाहिर जानुस् त्यस्तो गर्न पाए म तयार छु,” रविले बैठकमा सुनाएका थिए । 

    लामिछानेले आफ्नो अनुपस्थितिमा कार्यवाहक सभापतिले पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेको भन्दै धन्यवाद दिएका थिए । “हामी अहिले उत्साहित हुन सक्छौँ तर उत्सव मनाउने बेला होइन ।  अझै धेरै संघर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ,” लामिछानेले बैठकमा भने ।

    images
    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १९:०९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij