२०८२ पौष ६ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू नख्खु कारागारमा रहँदा कार्यवाहक सभापतिका रूपमा डीपी अर्यालले ुसट्टाुमा आफू बस्न मिल्दैन भनि सोधेको सुनाएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा लामिछानेले उक्त प्रसंग स्मरण गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।
“पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाइँ पनि कार्यवाहकलाई दिन मिल्दैन रु मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ । तपाईं बाहिर जानुस् त्यस्तो गर्न पाए म तयार छु,” रविले बैठकमा सुनाएका थिए ।
लामिछानेले आफ्नो अनुपस्थितिमा कार्यवाहक सभापतिले पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेको भन्दै धन्यवाद दिएका थिए । “हामी अहिले उत्साहित हुन सक्छौँ तर उत्सव मनाउने बेला होइन । अझै धेरै संघर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ,” लामिछानेले बैठकमा भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij