२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका लिजेन्ड खेलाडी कोलिन बेलको निधन भएको छ ।
सिटीमा रहेर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको पहिचान बनाउन सफल भएका बेलको ७४ वर्षको उमेरमा निधन भएको हो ।
सिटीले केही बेलको निधन भएको पुष्टि गरेको छ । इङ्ल्यान्डका पूर्वमिडफिल्डर बेलले सिटीका लागि ५०१ खेलमा १५३ गोल गरेका थिए । बेल सन् १९६६ देखि ७९ सम्म सिटीमा रहेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij