Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

शुक्रबार सार्वजनिक हुँदै रेड्मी नोट नाइन टी फाइभजी

शुक्रबार सार्वजनिक हुँदै रेड्मी नोट नाइन टी फाइभजी


  • 5.7K
    Shares

    • images
    शुक्रबार सार्वजनिक हुँदै रेड्मी नोट नाइन टी फाइभजी
    images

    काठमाडौं । साओमीले आफ्नो नयाँ फाइभजी स्मार्टफोन ‘रेड्मी नोट नाइन टी फाइभजी’ सार्वजनिक हुेन मिति घोषणा गरेको छ । कम्पनीले आउँदो शुक्रबार आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।

    रेड्मी नोट नाइन सिरिजको यो पहिलो स्मार्टफोन हुनेछ, जसमा फाइभजी सपोर्ट हुनेछ । रेड्मी नोट नाइन टी शुक्रबार दिउँसो विश्वव्यापी रुपमा सार्वजनिक गरिनेछ । जसलाई कम्पनीको युट्युव च्यानल तथा अन्य सामाजिक सञ्जालहरुमार्फत लाइभ हेर्न सकिनेछ ।

    कति होला मूल्य ?
    कम्पनीले रेड्मी नोट नाइन टीको मूल्यको विषयमा अहिलेसम्म आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । तर अमेजन जर्मनीमा रेड्मी नोट नाइन टी लिस्ट गरिएको थियो, तर अहिले भने त्यसलाई हटाइएको छ ।

    अमेजन जर्मनीको लिस्टिङलाई आधार मान्ने हो भने रेड्मी नोट नाइन टी फाइभजीको चार जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २२९.९० युरो (करिब ३३ हजार रुपैयाँ) तथा चार जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २६९.९० युरो (३८ हजार ६८७ रुपैयाँ) रहेको छ ।

    यस्तो हुनेछ फिचर
    लिस्टिङको आधारमा रेड्मी नोट नाइन टीको फिचरको कुरा गर्ने हो भने फोनमा ६.५३ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ । जसको रिफ्रेश रेट ९० हर्ज रहेको छ ।

    फोनमा मिडियाटेक डाइमेन्सिटी ८०० यू प्रोसेसर हुनेछ । यस अलावा फोनमा एनएफसी सपोर्ट प्राप्त गर्न सकिनेछ भने पावरका लागि यसमा ५००० एमएएच क्षमताको ब्याट्री मिल्नेछ । जसले १८ वाट फास्ट जार्जिङ सपोर्ट गर्नेछ ।

    जहाँसम्म क्यामेराको कुरा छ, यसको पछाडि भागमा तीन वटा क्यामेरा हुनेछन् । जसमा मुख्य क्यामेरा ४८ मेगापिक्सेलको हुनेछ ।

    यसैगरी अर्को क्यामेरा ८ मेगापिक्सेलको अल्ट्रा वाइड तथा तेस्रो दुई मेगापिक्सेलको म्याक्रो लेन्स हुनेछ । फोनमा सेल्फीका लागि १३ मेगापिक्लेलको क्यामेरा राखिएको छ ।

    रेड्मी नोट नाइन टी फाइभजी गएको नोभेम्बरमा सार्वजनिक भएको रेड्मी नोट नाइन फाइभजीको रिब्राण्ड भर्सन हुने बताइएको छ ।

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - १३:०७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij