२०८२ भाद्र ११ गते बुधवार
चितवन । चितवनको रत्ननगर नगरपालिका-३ जयमंगलामा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार पुरूष घाइते भएका छन् ।
मृत्यु हुनेमा गोरखाको भिमसेन गाउँपालिका-१ का ४५ वर्षीय फडिन्द्र बगाले रहेका छन् । कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा उनको गएराति नै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका-२ का ५० वर्षीय चेतबहादुर बगालेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जयमंगलाबाट बकुलहरतर्फ जाँदै गरेको बा ६५ प १६१ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे पल्टिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij