Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा १० स्वर्ण पदक हात पार्दै नेपाली टीम च्याम्पियन

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा १० स्वर्ण पदक हात पार्दै नेपाली टीम च्याम्पियन


  • 5.5K
    Shares

    अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा १० स्वर्ण पदक हात पार्दै नेपाली टीम च्याम्पियन
    images

    बङ्गलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय बिजि कराँते च्याम्पियनसिपमा नेपाली कराते खेलाडीहरुले सानदार प्रदर्शन गरेका छन् ।

    ढाकाबाट नेपाल कराते महासंघका केन्द्रिय सदस्य त रेफ्री काउन्सिलका केन्द्रिय सचीव छत्र बहादुर आलेमगर ले दिएको जानकारी अनुसार कुमुतेमा पासाङ तामाङ ७०केजि ,डिजेन डोल्मा तामाङ ४५ केजि १ स्वर्ण काता तर्फ १ स्वर्ण, ग्याल्मो सोमिका लामा ३५ केजिमा स्वर्ण पदक जिते ।

    रजत पदक प्राप्त खेलाडी हरु पासाङ तामाङ ,राजदेब बमजम ,त्यसै गरि कास्य पद्कमा रबिन्द्र कुवर ,युरोडिस रोक्का,उमेश भण्डारी ,उमंग बुढाथोकि,रविना सुनार लगायत विभिन्न तौलसमुह गरि नेपालि कराते टोलिले १० स्वर्ण सहित १२रजत र १५कास्य पद्क प्राप्त गरि नेपाल टीम प्रथम हुन सफल भएका छन् ।

    रामकुमार श्रेष्ठ टिम मेनेजर रहेको सो टोलीको प्रशिक्षकमा श्याम रोका थिए भने रेफ्रीमा एसियन रेफ्री छत्र ब आले मगर,मिङमा तामाङ(शेर्पा),राम कुमार श्रेष्ठ,गंगा लाल श्रेष्ठ,नारायण श्रेष्ठ, श्याम रोका,प्रकाश लामा तामाङ रहेको स्रोत छत्र बहादुर आले मगर तथा राम कुमार श्रेष्ठले जानकारी दिए।

    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - १५:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij