२०८२ भाद्र ११ गते बुधवार
जनकपुरधाम । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपाका नेता कार्यकर्ताले जनकपुरधाममा प्रदर्शन गरेका छन् । मधेसविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरिएको हो ।
पार्टी फुटाउन पाइँदैन भन्दै नेकपाका नेता कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका हुन् । रेल्बे स्टेशनबाट निकालिएको र्याली भानु चोक, शिब चोक, जनक चोक हुँदै पार्टी कार्यालय पुगेको छ । प्रदर्शनका क्रममा उनीहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, आज होइन भालिलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका छन् ।
प्रदर्शनमा सहभागी गराउन धनुषाको गाउँ–गाउँबाट ओली समर्थकलाई ट्याक्टर, बसलगायतमा ओसारिएको छ ।
भेलालाई नेकपा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij