२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । भोली तीन वटा कम्पनीको साधारणसभा हुने भएको छ । सिनर्जी पावर डेभलपमेन्ट, बोटलर्स नेपाल तराई र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सभा हुने जनाइएको छ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले रजिष्टर्ड कार्यालय नक्सालमा बिहानको ११ बजे सभा बोलाएको छ । ४.७५% बोनस शेयर र ०.२५% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने भएको छ ।
त्यस्तै, बोटलर्स नेपाल तराईले कम्पनीको कार्यालय बालाजुमा दिउँसो २ बजे सभा बोलाएको छ । आव ०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने जनाएको छ ।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले कम्पनीकै रजिष्टड कार्यालय हेरिटेज प्लाजा कमलादीमा साधारण सभा बिहान ११ बजे बोलाएको छ । ५.२६५% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij