Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

३.५४ अंकले घट्यो नेप्से

३.५४ अंकले घट्यो नेप्से


  • 8.0K
    Shares

    ३.५४ अंकले घट्यो नेप्से
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले घटेको छ ।

    आज नेप्से ३.५४ अंकले घटेर दुई हजार एक सय ६५ दशमलब ४९ विन्दुमा थामिएको छ भने ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ९ वटा समूह घटेका छन् भने अन्य ३ वटा समूह बढेका छन् । 

    आज बैंकिङ समूह ०.५६ प्रतिशतले गिरावट आएको छ भने ट्रेडिङ ५.८२, होटल १.०९, फाइनान्स ०.२२, मेनुफ्याक्चरिङ ०.३, माइक्रोफाइनान्स ०.१८, लाईफ इन्स्योरेन्स ०.३३ र म्यूचुअल फण्ड ०.२८ प्रतिशतले घटेका छन् । 

    त्यस्तै, आज डेभलपमेन्ट बैंक समूह ०.१३ प्रतिशतले बढेको छ भने हाइड्रोपावर ३.१२ प्रतिशत र नन लाईफ इनस्योरेन्स ०.५९ प्रतिशतले बढेको छ । 
     

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १५:४७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij