२०८२ माघ ७ गते बुधवार
चिनियाँ ब्रान्ड एनएलएम मोटर्सका प्यासेन्जर र कार्गो विद्युतीय गाडी नेपाल भित्रिएका छन्। नेपालमा ग्रिन इलेक्ट्रो मोबिलिटी सर्भिसले कार्गो र ११ सिटे भ्यान भित्र्याएको हो।
कम्पनीले प्यासेन्जर भ्यानको मूल्य ३८ लाख ५० हजार रुपैयाँ तोकेको छ भने कार्गो भ्यानको मूल्य ३७ लाख ५० हजार रुपैयाँ तोकेको छ।
गाडीमा ब्याट्री क्षमता ४१ किलोवाट आवर रहेको छ। गाडीको अधिकतम स्पिड प्रतिघण्टा १०० किलोमिटर रहेको छ। एकपटकको चार्जमा २८० किमि बराबर कुद्न सक्ने कम्पनीले जनाएको छ।
फास्ट चार्जरबाट ८० प्रतिशतसम्म चार्ज हुनको लागि ४५ मिनेट र सामान्य चार्जरबाट फुल चार्ज हुन ११ देखि १२ घण्टासम्म लाग्ने उल्लेख गरेको छ।
टेमरी लिथियम ब्याट्री रहेको गाडीमा पर्मानेन्ट म्याग्नेट सिक्रोनस मोटर रहेको छ। विद्युतीय गाडीमा अन बोर्ड मोनिटरिङ सिस्टम, एसी, ईपीएस, एबीएसलगायत फिचर्स रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij