२०८२ माघ ८ गते बिहिवार
काठमाडौं। विश्वभर कोभिडको फेरी अर्का नयाँ भेरिएन्ट पत्ता लागेको छ। ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्।
वैज्ञानिकहरुका अनुसार नयाँ भेरिएन्ट आईएचयूले ४६ पटक रुप फेरिसकेको छ। यो मूल कोभिडको तुलनामा खोप प्रतिरोधी र निकै संक्रामक हुनसक्ने अनुमान गरिएको छ।
आईएचयू भेरिएन्ट फ्रान्सको मारसेलमा भेटिएको हो। त्यहाँ अहिलेसम्म यो भेरिएन्टबाट १२ जना संक्रमित भएका छन्। ती १२ जना अफ्रिकी देश क्यामरुनबाट फर्किएका थिए।
हाल आईएचयू कति घातक र संक्रामक हुनेछ भनेबारे स्पष्ट भइसकेको छैन। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij