Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

यी हुन् १५ वर्षमै स्नातकसहित पाँच विषयमा डिग्री हासिल गर्ने बालक

यी हुन् १५ वर्षमै स्नातकसहित पाँच विषयमा डिग्री हासिल गर्ने बालक


  • 5.4K
    Shares

    यी हुन् १५ वर्षमै स्नातकसहित पाँच विषयमा डिग्री हासिल गर्ने बालक
    images

     सानै उमेरमा स्नातक गरेपछि अमेरिकाको क्यालिफोर्निया बस्दै आएका ज्याक रिको अहिले चर्चामा छन् ।

    १५ वर्षको उमेरमा स्नातक गरेका उनले चार वर्षमा उनले लिएको यो पाँचौं डिग्री हो । उनले १५ वर्षको उमेरमा नेभाडा विश्वविद्यालयबाट स्नातक पूरा गरे ।

    सुरुमा ४ वर्ष ज्याकलाई उनकी आमा रु एन्ड्राडेले घरमै पढाएकी थिइन् । घरमा पढ्ने कुरा सबै सकिएपछि पनि उनमा जिज्ञासा बढ्दै गएपछि ११ वर्षको उमेरमा उनलाई फुलरटन कलेज भर्ना गरियो ।

    परीक्षामा उत्कृष्ट अंक ल्याएपछि उनी उच्च शिक्षाका लागि कलेज भर्ना भए र १३ वर्षको उमेरमै ४ वटा एसोसिएट डिग्री प्राप्त गरे । उनले इतिहास, सामाजिक व्यवहार, कला र मानव अभिव्यक्ति तथा सामाजिक विज्ञानमा डिग्री हासिल गरेका हुन् । उनी क्यालिफोर्निया कलेजको डिग्री लिने पहिलो व्यक्ति हुन् ।

    उनले स्नातक तहमा ३.७८ ग्रेड अंक ल्याएका छन् । अब उनी अहिले मास्टर डिग्री लिने तयारीमा लागेका छन् । उनलाई भविष्यको बारेमा सोध्दा उनले धेरै पैसा कमाएर बहिनीको हेरचाह गर्न चाहन्छु भनेका छन् । उनकी बहिनी अटिजमपीडित छन् । एजेन्सी 

    प्रकाशित मिति :पौष २० २०७८ मंगलवार - ११:४६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij