२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् ।
महोत्तरी घर भई काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३५ वर्षीय मङ्गले तामाङ भन्ने जीतबहादुर भुजेललाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
उनले २०७३ वैशाख २७ गते ती पुरूषलाई गाउँबाट काठमाडौं बोलाई अपरिचित व्यक्तिसँगै त्रिभुवन विमानस्थलबाट दुबई पठाउन खोजेका थिए । विमानस्थलका कर्मचारीले शंका लागेर पासपोर्ट जाँच गरेका थिए। सोधपुछ गर्ने क्रममा घरायसी कामका लागि नभई झुक्याएर भिजिट भिसामा बेचबिखन गर्न लागेको खुलेको थियो ।
ती व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij