Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नयाँबजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

नयाँबजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ


  • 6.7K
    Shares

    • images
    नयाँबजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
    images

    काठमाडौं । मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।

    पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजुस्थित सडक-खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । 

    नयाँबजार सडकखण्डबाट धादिङ्गको त्रिपुरासून्दरी गाउँपालिका वडा नं-५ चैनपुर बस्ने २२ वर्षीय मगरलाई प्रदेश ३-०२-००८ प २६०७ नम्वरको मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं लु ५२ प ७३३५ खुल्न आएको छ । 

    उक्त नम्वरको मोटरसाइकल एक वर्षअघि काठमाडौँको ठमेलस्थित भगवानबाहालबाट हराएको थियो । त्यस्तै, काठमाडौ बालाजु सडकखण्डबाट दोलखाको भिमेश्वनर नगरपालिका वडा नं. ३ भिमफेदी घर भई हाल रानिवन बस्ने २४ वर्षीय लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको मोटरसाइकलसहित पक्राउ गरिएको हो । उक्त नम्वरको मोटरसाईकल  मंसिर १४ गते  बनस्थलीबाट हराएको थियो  ।

     

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - १२:४८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij