२०८२ माघ ८ गते बिहिवार
काठमाडौं। नेपाली सेनाले २२९ जना अधिकृतका लागि आवेदन माग गरेको छ।
आइतबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको छ।
यसमा खुलाबाट १२० जना, आदिवासी जनजातीबाट ३३ जना, मधेशीबाट २९ जना, महिलाबाट २१ जना, दलितबाट १५ जना, सैनिक सन्ततिबाट ६ जना र पिछडिएको क्षेत्रबाट ५ जना माग गरिएको छ। माघ २४ गतेसम्म दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij