Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

टेलिकमले ल्यायो अनलिमिटेड प्याक, दैनिक २ जीबी डेटासँगै अनलिमिटेड कल र अन्य सुविधा

टेलिकमले ल्यायो अनलिमिटेड प्याक, दैनिक २ जीबी डेटासँगै अनलिमिटेड कल र अन्य सुविधा


  • 8.1K
    Shares

    टेलिकमले ल्यायो अनलिमिटेड प्याक, दैनिक २ जीबी डेटासँगै अनलिमिटेड कल र अन्य सुविधा

    काठमाडौं । नेपाल टेलिकमले सजिलो अनलिमिटेड प्याक सार्वजनिक गरेको छ । कम्पनीले एसएमएस र कल समेत रहेको डेटा प्याक ल्याएको हो ।

    यो प्याकेज अन्तर्गत टेलिकमका मोबाइल प्रयोगकर्ताले ९९९ रुपैयाँमा ३० दिनसम्म दैनिक दुई जीबी डेटा र टेलिकम नेटवर्क भित्र (नेपाल टेलिकमका कुनै पनि जीएसएम, ल्यान्डलाइन र सीडीएमए नम्बर) अनलिमिटेड कल गर्न सकिनेछ । त्यस्तै कम्पनीको नेटवर्कभित्र ४०० एसएमएस समेत पठाउन सकिनेछ ।

    अन्य नेटवर्कमा १०० मिनेट कल र २०० एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । *1415*2*2*4#   डायल गरेर तथा नेपाल टेलिकमको एप प्रयोग गरेर यो प्याकेज खरिद गर्न सकिनेछ । 

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - १७:१०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij