Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्ड पत्नीको उपचारको लागि भारततर्फ प्रस्थान

प्रचण्ड पत्नीको उपचारको लागि भारततर्फ प्रस्थान


  • 6.5K
    Shares

    प्रचण्ड पत्नीको उपचारको लागि भारततर्फ प्रस्थान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । प्रचण्ड पत्नी सीताको थप उपचारका लागि सोमवार (आज) बिहान ११ बजे उनी भारततर्फ लागेका हुन् ।

    प्रचण्डपत्नी सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी छिन् । पार्किन्सनको बिरामी रहेकी उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।

    स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि मात्र काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मुम्बई लग्न लागिएको हो ।

    आफू सोमवार मुम्बई जान लागेको प्रचण्डले आइतवार पेरिसडाँडामा भएको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमा जानकारी गराएका थिए ।

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - ११:३८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij