Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई


  • 5.5K
    Shares

    एसिया कप खेल्ने यू–१९ क्रिकेट टिमको बिदाई

    काठमाडौं । युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गर्नुभएको हो । 

    यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवा तथा खेलकुद मन्त्री अथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गर्नुभयो । सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताउँदै मन्त्री अथकले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना समेत दिए । 

    एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने नेपाली टिम सोमबार राती नै युएई प्रस्थान गर्नेछ ।

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १३:२०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij