Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कम्प्युटरबाटै टिकटक लाइभ गर्न सकिने फिचर परीक्षण हुँदै

कम्प्युटरबाटै टिकटक लाइभ गर्न सकिने फिचर परीक्षण हुँदै


  • 4.9K
    Shares

    कम्प्युटरबाटै टिकटक लाइभ गर्न सकिने फिचर परीक्षण हुँदै

    काठमाडौं । यदि तपाईं टिकटकको सक्रिय प्रयोगकर्ता हुनुहुन्छ र टिकटकमा लाइभ बस्न मनपराउनुहुन्छ भने खुशीको खबर छ ।

    टिकटकले कम्प्युटरबाट पनि लाइभ बस्न मिल्ने गरी नयाँ फिचरको परीक्षण गरिरहेको छ । कम्पनीले विन्डोजमा सपोर्ट गर्ने एप ‘टिकटक लाइभ स्टुडियो’ को परीक्षण गरिरहेको छजनाएको छ ।एपको सहायतामा प्रयोगकर्ताले कम्प्युटरबाटै टिकटक अकाउन्टमार्फत लाइभ बस्न सक्नेछन् ।

    मोबाइलमा जस्तै डेक्सटपबाट गरिने लाइभमा पनि प्रयोगकर्ताले गिफ्ट फिचर, कमेन्ट बक्स र कि–वर्ड फिल्टर आफ्नो ईच्छा अनुसार अन वा अफ गर्न मिल्ने बताइएको छ ।

    हाल सीमित प्रयोगकर्तामाझ् यो फिचरको परीक्षण भइरहेको र चाँडै नै यो फिचर सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने टिकटकले जनाएको छ ।

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - ११:४०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij