२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
ओलीको कदमको विरुद्धमा आन्दोलन गर्ने वा चुनावमा जाने भन्ने विषयमा विवाद हुँदा एक बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक सुरु हुन सकेको थिएन ।
पदाधिकारी बैठकको यो निर्णयसँगै केन्द्रीय समिति बैठक सुरु हुन लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij