Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापन, चैतमा परीक्षा (विज्ञापनसहित)

माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापन, चैतमा परीक्षा (विज्ञापनसहित)


  • 5.7K
    Shares

    माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापन, चैतमा परीक्षा (विज्ञापनसहित)
    images

    शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक छनोटका लागि  खुला तर्फको  विज्ञापन गरेको छ ।

    आयोगले आज गरेको विज्ञापन अनुसार इच्छुक उम्मेद्वारले  आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने आयोगले जानकारी दियो ।

    देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

    शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

     आयोगका अनुसार सो विज्ञानपनको परीक्षा आगामी  चैत्र १५ गते परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ ।

    <iframe src="https://drive.google.com/file/d/1mJe5sqazj7MiOyRNrJXlFvUlQxzD9MHY/preview" width="640" height="480" allow="autoplay"></iframe>

     

    प्रकाशित मिति :पौष १ २०७८ बिहिवार - १२:१५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij