Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोनाको कारण युनाइटेडको खेल स्थगित

कोरोनाको कारण युनाइटेडको खेल स्थगित


  • 6.3K
    Shares

    कोरोनाको कारण युनाइटेडको खेल स्थगित

    लन्डन । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि आगामी खेल स्थगित गरिएको छ ।

    युनाइटेडका खेलाडीमा कोरोना संक्रमण देखिएपछि घरेलु इंग्लिस प्रिमियर लिगमा यस साता ब्रेन्टफोर्डसँग हुने खेल स्थगित गर्ने निर्णय गरिएको हो ।युनाइटेडको अनुरोधमा प्रिमियर लिगले सो खेल स्थगित गर्ने निर्णय गरिएको हो । प्रिमियर लिगको कोभिड–१९ प्रोटोकल अनुसार सिनियर टोलीमा चार जनाभन्दा बढी खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित हुने नियम छ ।

    युनाइटेडले सोमबार राति आधिकारिक रूपमा आफ्ना खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । तर, क्लबले संक्रमित खेलाडीहरुको नाम भने सार्वजनिक गरेको छैन । सिनियर टोलीका खेलाडीको कोभिड जाँच गर्दा ५ जना खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

    खेलाडीका साथै कोचिङ स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ । क्लबले आधिकारिक प्रेस नोट नै जारी गरेर आफ्नो सिनियर टोलीका खेलाडी र अफिसियलमा संक्रमण देखिएको र उनीहरू होम आइसोलेसनमा बस्न शुरू गरेको जनाएको छ ।

    प्रिमियर लिगमा अहिले युनाइटेड १६ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ । सिजनको शुरुवात खराब तरिकाले गरेको युनाइटेड पछिल्ला तीन खेल लगातार जित्दै लयमा फर्किएको छ । युनाइटेड अहिले नयाँ जर्मन प्रशिक्षक राल्फ राङनिकको नेतृत्वमा रहेको छ । एजेन्सी।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - १२:२६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij