Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपतिप्रति अशोभनीय अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री थापा

राष्ट्रपतिप्रति अशोभनीय अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री थापा


  • 8.9K
    Shares

    राष्ट्रपतिप्रति अशोभनीय अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री थापा

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति राजनीतिकर्मीहरुले नै अशोभनीय, अमर्यादित र अशिष्ट भाषामा अभिव्यक्ति दिएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनु भएको छ ।

    राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति अपमानजनक अभिव्यक्ति दिनु निन्दनीय कार्य भएको बताउँदै त्यस्तो कार्यमा संलग्नहरुको छानविन गरी कारवाही गरिने गृहमन्त्री थापाको भनाइ थयो ।

    मन्त्री थापाले भने,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।” सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।

    “आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ । ” ज्ञापन पत्रमा भनिएको छ ।सङ्घले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १२:४६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij