Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बाथरोगबाट बच्न खानुहोस् दही, अरुपनि छन् विभिन्न फाइदा

बाथरोगबाट बच्न खानुहोस् दही, अरुपनि छन् विभिन्न फाइदा


  • 5.2K
    Shares

    • images
    बाथरोगबाट बच्न खानुहोस् दही, अरुपनि छन् विभिन्न फाइदा
    images

    काठमाडौँ । दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्नु राम्रो मानिन्छ । दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले अरू खानेकुराबाट प्राप्त पौष्टिक तत्वलाई पनि शरीरमा पचाउन मद्दत गर्छ । पीरो र मसालादार खानेकुरा खाएपछि उत्पन्न तातोपनालाई दहीले चिस्याउन मद्दत गर्छ ।

    मुटु स्वस्थ राख्नका लागि दही लाभदायक हुन्छ । यसको नियमित प्रयोगले उच्च रक्तचापको जोखिम हटाउँछ र मुटुका धमनीलाई बाक्लो हुनबाट रोकेर कोलेस्ट्रोल घटाउँछ ।

    दहीमा विद्यमान असल ब्याक्टेरियाले शरीरमा भएका अनेकौं हानिकारक सूक्ष्म कोषिकासँग लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमतामा अभिवृद्धि गर्छ । दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ ।

    छाला चम्किलो बनाउन तथा कपालको चायाँ हटाउन दहीले मद्दत गर्छ । यसमा हुने ल्याक्टिक एसिड र एन्टी फंगल प्रपर्टीले चायाँ निर्मूल गराउँछ । तनाव घटाउन समेत दहीले मद्दत गर्छ ।

    एक अमेरिकी विश्वविद्यालयले गरेको अध्ययन अनुसार मानसिक पीडाका लागि जिम्मेवार दिमागी तन्तुलाई निष्क्रिय बनाउन दहीले भूमिका खेल्छ ।

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - ११:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij