Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बाँकेमा मलेरिया प्रभावित देखिएपछि पुग्यो इपिडिमियोलोजी तथा रोग नियन्त्रण टोली

बाँकेमा मलेरिया प्रभावित देखिएपछि पुग्यो इपिडिमियोलोजी तथा रोग नियन्त्रण टोली


  • 27.7K
    Shares

    बाँकेमा मलेरिया प्रभावित देखिएपछि पुग्यो इपिडिमियोलोजी तथा रोग नियन्त्रण टोली

    काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा मलेरियाको प्रकोप देखिएपछि  नियन्त्रणका कार्यक्रम लिएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकसहितको टोली पुगेको छ । 

    छोटो समयमा धेरै जनामा संक्रमण देखिएपछि निरीक्षण तथा नियन्त्रणका कार्यक्रमसहित नरैनापुर पुगेको महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए । साउनयता नरैनापुरमा ४५ जनामा मलेरिया संक्रमण देखिएको छ, जसमध्ये २ नम्बर वडामा मात्रै ३० जना संक्रमित भएका छन् ।

    मलेरिया नियन्त्रणका लागि झुल वितरण, भारतमा आवतजावत गर्नेहरूका लागि सचेतना, विद्यालयमार्फत् जनचेतनालगायतका कार्यक्रम लिएर आफूहरू त्यहाँ पुगेको निर्देशक पौडेलले जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १३:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij