Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

तेह्रथुम पावरले पुस २८ गते डाक्यो एजीएम, यस्ता छन् एजेन्डा

तेह्रथुम पावरले पुस २८ गते डाक्यो एजीएम, यस्ता छन् एजेन्डा


  • 6.3K
    Shares

    तेह्रथुम पावरले पुस २८ गते डाक्यो एजीएम, यस्ता छन् एजेन्डा
    images
    तेह्रथुम पावरले चौथो वार्षिक साधारण सभा पुस २८ गते डाकेको छ । सभा होटल हार्दिक, बगबजार काठमाडौंमा विहान ९ बजेदेखि सुरु हुनेछ । सभामा सभामा सञ्चालक समितिको निर्वाचन गर्ने एजेन्डा छ ।
     
    आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 
     
    कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म कुल ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले हाल तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
     
    यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ ।
     
    tttt.jpg
    tttttt.jpg
    tttttt3.jpg
     

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १३:०३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij