२०८२ भाद्र १ गते आइतवार
स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ ।
यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृत्यु हुन्छ।
एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । उनलाई डा. डेथ पनि भनिन्छ ।
स्विट्जरल्याण्डमा इच्छा मृत्युले कानुनी मान्यता पाइसकेको छ । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आत्महत्या गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij