Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

जनरल बिपिन रावत जीवितै रहेको दावी, दुर्घटनाग्रस्त हेलिकप्टरको भिडियो सार्वजनिक

जनरल बिपिन रावत जीवितै रहेको दावी, दुर्घटनाग्रस्त हेलिकप्टरको भिडियो सार्वजनिक


  • 5.4K
    Shares

    जनरल बिपिन रावत जीवितै रहेको दावी, दुर्घटनाग्रस्त हेलिकप्टरको भिडियो सार्वजनिक
    images

    भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । जनरल रावतको अवस्था अझैसम्म अज्ञात छ । जनरल रावत हेलिकप्टरमा पत्नी र परिवारका अन्य सदस्यको साथमा थिए । केलिकप्टरमा सेनाका अन्य अधिकारी पनि भएको बताइएको छ ।

    समाचार एजेन्सी एएनआइले दुर्घटनास्थलको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा दुर्घटनाग्रस्त हेलिकप्टरमा पूरै आगो लागेको र उद्धारकर्मीहरुले आगो निभाइरहेको देख्न सकिन्छ ।

    दुर्घटनाग्रस्त हेलिकप्टर पूरै क्षत विक्षत भएको छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । पछिल्लो जानकारीअनुसार ३ जना गम्भीर रुपमा घाइते छन् । अरुको उद्धार कार्य जारी छ ।

    घाइतेहरुलाई वेलिंग्टन बेसमा उपचारको लागि लगिएको छ । जानकारीअनुसार रावत वेलिंग्टनमै एक कार्यक्रममा सहभागी हुन पत्नीको साथमा जाँदै थिए । वेलिंग्टनमा सशस्त्र बलको कलेज छ । यहाँ सीडीएस रावतले प्रशिक्षण दिने कार्यक्रम थियो । कुन्नुरको घना जंगलमा दुर्घटना भएको छ । सेनाले यस विषयमा कुनै बयान जारी गरेको छैन ।

    दुर्घटना भएको क्षेत्रमा निकै घना जंगल छ । यहाँ चारैतिर रुखहरु मात्रै छन् । दुर्घटना निकै भयानक भएको र चारैतिर आगोको मुस्लो देखिएको थियो ।

    सेना र वायुसेनाको टुकडी उद्धरको लागि पुलिसको साथमा गएका छन् । आसपासका इलाकामा पनि खोजी अभियान चलाइएको छ । यो हेलिकप्टर एमआइ सिरिजको थियो । यसमा सीडीएस बिपिन रावत, उनका कर्मचारी र परिवारका केही सदस्य थिए । स्थानीय नागरिकले पनि उद्धार अभियानमा सहयोग गरिरहेका छन् ।

    https://twitter.com/i/status/1468493903921770499

     

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - १६:१०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij