Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

आङ सान सुकीलाई ४ वर्ष जेल सजाय तोकियो

आङ सान सुकीलाई ४ वर्ष जेल सजाय तोकियो


  • 6.0K
    Shares

    आङ सान सुकीलाई ४ वर्ष जेल सजाय तोकियो
    images

    एजेन्सी। म्यान्मारमा सैन्य ‘कु’ पछि संकट अझ गहिरिएको छ ।  प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यान्मारको अदालतले चार वर्ष जेल सजाय तोकेको छ  । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

    उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेका अभियोग लगाइएको थियो ।

    यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

    फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।

    प्रकाशित मिति :मंसिर २० २०७८ सोमवार - १२:४५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij