Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द, कर्मचारीले घरबाटै काम गर्ने

दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द, कर्मचारीले घरबाटै काम गर्ने


  • 5.6K
    Shares

    दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द, कर्मचारीले घरबाटै काम गर्ने
    images

    भारत । वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् ।

    दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताए।

    भारतको सर्वोच्च अदालत (सुप्रिम काेर्ट) ले पनि बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ ।

    दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो । तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिएकाले तत्काल विद्यालय बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

    सरकारले भोलिदेखि विद्यालय बन्द गरे/नगरेको अनुगमन गर्ने जनाएको छ । नोभेम्बरका ११ दिन दिल्लीमा वायु प्रदूषणको स्तर अहिलेसम्मकै खराब थियो । नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको तथ्याङ्कले देखाएको छ । 

    प्रकाशित मिति :मंसिर १७ २०७८ शुक्रवार - १३:११:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij