Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

विवरण नमिलेका उम्मेदवारको अध्यापन अनुमतिपत्र रद्द गर्ने आयोगको यस्तो निर्णय, यी हुन् रद्द गरिएका रोल्न नम्बरहरु(सूचीसहित)

विवरण नमिलेका उम्मेदवारको अध्यापन अनुमतिपत्र रद्द गर्ने आयोगको यस्तो निर्णय, यी हुन् रद्द गरिएका रोल्न नम्बरहरु(सूचीसहित)


  • 6.3K
    Shares

    विवरण नमिलेका उम्मेदवारको अध्यापन अनुमतिपत्र रद्द गर्ने आयोगको यस्तो निर्णय, यी हुन् रद्द गरिएका रोल्न नम्बरहरु(सूचीसहित)

    काठमाडौं । शिक्षक सेवा आयोगले केहि अध्यापन अनुमतिपत्र रद्द गरेको छ । आयोगले तोकेको शैक्षिक योग्यता,सर्तहरु र फारममा भरेको विवरण नमिले पछि ७५ जनाको अध्यापन अनुमतिपत्र रद्द गरेको हो ।

    आयोगले तोकेको शैक्षिक योग्यता र सर्तहरुको अधिनमा रहि परीक्षामा सहभागि हुन चाहाने उम्मेदवारले अनलाइन मार्फत फारम भर्ने व्यावस्था मिलाइएको र फारममा भरेको विवरण झुठा ठहरीएका त्यस्ता उम्मेदवारको अध्यापन अनुमतिपत्र रद्द गरीएको जनाएको छ ।

    रद्द हुने व्याहोरा २०७६ असार २ गते अनुमति पत्र वितरण गर्ने प्रायोजनका लागि प्रकाशित गरीएको सूचनामा समेत उल्लेख गरीएको र उम्मेदवारले अध्यापन अनुमतिपत्र प्राप्त गर्न पेश गरेका विवरणहरु विज्ञापनगत रुपमा उल्लेखित सर्त अनुसार रितपूर्वक देखिन नआएकोले त्यस्ता उम्मेदवारको अध्ययन उनुमतिपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

    त्यसैगरी शिक्षा विकास निर्देशनालयबाट अध्यापन अनुमतिपत्र वितरण गर्दा रितपूर्वक नभएका तर कुनै उम्मेदवारले बुझी लिई गएको पाइएमा त्यस्ता अध्यापन अनुमतिपत्र स्वत रद्द हुने शाखा अधिकृत शुशिला कुमारी शाहले जानकारी दिएकी छन् ।

     

    unnamed-724x1024.jpg

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - १४:०६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij