२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पार्टी विभाजनमा तटस्थ रहँदै आएका नेकपा नेता वामदेव गौतम शुक्रबार बिहान नेकपा अध्यक्ष प्रचण्डको निजी निवास खुमलटार पुगेका छन् ।
राष्ट्रियसभामा पहिलोपटक प्रवेश गर्नुअघि उनी प्रचण्ड निवास पुगेका हुन् । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमको आज राष्ट्रियसभा बैठकमा पहिलो दिन हो ।
पार्टी विभाजनले औपचारिकता नपाइसके पनि स्पष्ट दुई खेमामा विभक्त भइसकेको छ । दुवैले फरक फरक केन्द्रीय समितिको बैठक बसिरहेका छन् । यस्तो अवस्थामा पनि गौतम भने तटस्थ रहँदै आएका छन् ।
उनले आफू अहिले पनि नेकपा एकताको पक्षमा रहेको र एकताको ठाउँ राखेर मात्र गतिविधि गर्न दुवै समूहका नेताहरुलाई आग्रह गर्दै आइरहेका छन् । कानुनी दृष्टिले पनि नेकपा अहिले फुट्नै नसक्ने उनको तर्क रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij