Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब सचेत हौँ , तपाईंको इन्स्टाग्राम अकाउन्ट अरु कसैले त चलाएको छैन ?

अब सचेत हौँ , तपाईंको इन्स्टाग्राम अकाउन्ट अरु कसैले त चलाएको छैन ?


  • 4.3K
    Shares

    अब सचेत हौँ , तपाईंको इन्स्टाग्राम अकाउन्ट अरु कसैले त चलाएको छैन ?

    काठमाडौं । अन्य सामाजिक सञ्जाल जस्तै इन्स्टाग्रामले पनि तपाईंको अकाउण्टमा विभिन्न सुविधि उपलब्ध गराउन थर्ड पार्टी एपसँग सहकार्य गरिरहेको हुन्छ । त्यो हुँदा विभिन्न एप तथा वेबसाइटले कम्पनीले तपाईंको अकाउण्टमा पहुँच दिइरहेको हुन्छ ।

    त्यतिमात्रै नभएर कतिपय अवस्थामा तपाईंको डेटा माथिपनि त्यस्ता एप तथा वेबसाइटले पहुँच बनाइरहेका हुन्छन् । यस्तोमा कस्तो डेटामा अरुलाई पहुँच दिने अथवा पहुँच प्राप्त एप तथा वेबसाइट आधिकारिक हुन वा होइनन् भन्ने विषय यकिन गर्न जरुरी हुन्छ ।इन्स्टाग्रामले आफ्नो अकाउण्टमा कसले पहुँच बनाइरहेका छन् भन्ने विषयमा प्रयोगकर्ता आफैंले पनि हेर्न सकिने सुविधा दिएको छ ।

    त्यतिमात्रै नभएर अनावश्यक वेबसाइट तथा एपलाई हटाउन सक्ने सुविधा समेत उपलब्ध गराएको छ ।त्यसैले यहाँ हामी तपाईंहरूलाई तपाईंको अकाउण्टमा कुन एप तथा वेबसाइटको पहुँच छ, त्यसमध्ये अनावश्यक एपलाई कसरी हटाउने भन्ने विषयमा जानकारी दिँदैछौं ।

    वेबसाइटमा हेर्न तरिका

    यदि तपाईं ल्यापटप तथा कम्प्युटरमा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने पहिलो कुरा तपाईंले सुरक्षित ब्राउजर प्रयोग गरिरहनु भएको छ भनी यकिन गर्न आवश्यक छ । त्यो सँगै आफ्नो इन्स्टाग्राममा कसले पहुँच बनाइरहेको छ भनी हेर्नका लागि सुरुमा इन्स्टाग्राम लगइन गर्नुहोस् । 

    लगइन भएसँगै अब दायाँ साइको माथि रहेको तपाईंको फोटा सहितको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले ‘सेटिङ’ अप्सन देख्नुहुनेछ ।

    त्यहाँ ‘एप्स एण्ड वेबसाइट’ भन्ने अप्सन छ । त्यसमा क्लिक गरेर तपाईंले इन्स्टाग्राममा पहुँच पाएका एपहरूको सूची हेर्न सक्नुहुनेछ । त्यसमध्ये आफूलाई अनावश्यक लागेका एप हटाउनका लागि एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ अप्सनमा क्लिक गर्नुहोस् ।

    मोबाइलमा हेर्न तरिका

    यदि तपाईं मोबाइल एपमा इन्स्टाग्राम प्रयोग गर्दै हुनुहुन्छ भने सुरुमा एप खोली दायाँ साइडको पुछारमा रहेको तपाईंको ‘प्रोफाइल आइकन’ मा क्लिक गर्नुहोस् । अब दायाँ साइडको माथि रहेको तीन ओटा लाइनयुक्त आइकनमा क्लिक गरी ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।

    त्यहाँ तपाईंले ‘सेक्युरिटी’ अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी ‘एप्स एण्ड वेबसाइट’ मा क्लिक गर्नुहोस् । यति गरेसँगै त्यहाँ वेबसाइट तथा एप्सको सूची देख्नुहुनेछ । त्यसमध्ये कुनै एप तथा वेबसाइट हटाउनु परेको खण्डमा एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ मा क्लिक गर्नुहोस् ।

    यसरी तपाईंले आफ्नो इन्स्टाग्राम अकाउण्टमा पहुँच बनाइरहेका अनावश्यक एप तथा वेबसाइटको जानकारी लिन तथा अनावश्यक एपलाई हटाउन समेत सक्नुहुनेछ । 

    प्रकाशित मिति :मंसिर १४ २०७८ मंगलवार - १४:४२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij