२०८२ कार्तिक १३ गते बिहिवार
 
                                                    विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको चेतावनी दिएको छ। डब्लूएचओले विश्वभर ओमिक्रोन भाइरसको संक्रमण बढने उच्च जोखिम भएको जनाएको हो।
विश्वका केही मुलुकहरुमा ओमिक्रोनले गम्भीर परिणाम निम्त्याउन सक्ने डब्लूएचओले भनेको छ। डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडह्यानम गेब्रेयसले सोमबार गरिब मुलुकहरुलाई तत्काल खोप उपलब्ध गराउनु पर्ने बताए। कोरोना भाइरसको उत्परिवर्तित रुपमा आएको ओमिक्रोन भाइरस निकै खतरनाक रहेको र महामारीका रुपमा फैलनसक्ने डब्लूएचओले चेतावनी दिएको छ।
विश्वका वैज्ञानिकहरु ओमिक्रोन भाइरसको प्रकृति, संक्रमण फैलने खतरा, खोपको प्रभावकारीताबारे अध्ययन गरिरहेका डब्लूएचओले भनेको छ। नोभेम्बरको सुरुमा दक्षिण अफ्रिकामा कोरोनामा भाइरसको उत्परिवर्तित रुप देखिएको थियो।
जुन निकै विनासकारी भाइरस भएको दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बताएका थिए। दक्षिण अफ्रिकाबाट सुरु भएको भाइरस अहिले विश्वव्यक्ति रुपमा फैलिन थालेको छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij