Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यस्ता छन् एनसेलका परिवर्तन भएका नयाँ कोडहरु!

यस्ता छन् एनसेलका परिवर्तन भएका नयाँ कोडहरु!


  • 5.4K
    Shares

    यस्ता छन् एनसेलका परिवर्तन भएका नयाँ कोडहरु!

    काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवामा प्रयोग हुने शर्टकट कोड परिवर्तन गरेको छ ।

    पहिले एसएमएस सेवा, नाेटिफिकेसन लगायतका विभिन्न सेवाको लागि प्रयोग हुँदै आएको चार अङ्कको शर्टकट कोडलाई परिवर्तन गरेर कम्पनीले पाँच अङ्कको नयाँ कोड लागू गरेको छ ।

    अब एनसेल प्रयोगकर्ताले विभिन्न जानकारी अथवा सेवाको लागि पुरानो चार अङ्कको कोड नभई पाँच अङ्कको नयाँ कोड प्रयोग गर्नुपर्नेछ ।

    गत वर्षको भदौ महिनामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै चार अंङ्कको शर्ट कोड हटाएर नयाँ कोड राख्नुपर्ने व्यवस्था लागू गरेको थियो ।

    यस्ता छन् परिवर्तन भएका एनसेलका नयाँ कोडः

     
    पुरानो कोड नयाँ कोड सेवा 
    ९०० १७२०१ सेल्फ केयर तथा ग्राहक सेवाको लागि 
    ९००५ १७२०२ सेल्फ केयर तथा ग्राहक सेवाको लागि 
    ९००७ १७२०३ पोस्टपेड प्रयोगकर्ताको सेल्फ केयर तथा ग्राहक सेवाको लागि 
    ९००८ १७२०४ वायरलेस अथवा होम नेट प्रयोगकर्ताको केयर तथा ग्राहक सेवाको लागि 
    ९५९५ १७२०५ इन्टरनेट सेवाको लागि 
    ९००६ १७२०६ रिटेलरहरूले सब्स्क्राइबरको विवरण हेर्नको लागि 
    ९९६६ १७२०७ आफूले प्रयोग गरिरहेको सिम कसको नाममा छ भनेर हेर्नको लागि 
    ९८९१ १७२०८ रिटेलरहरूले सब्स्क्राइबरलाई रिक्वेस्ट पठाउनको लागि 
    ७८९९ १७२०९ ग्राहक सेवामा कुरा गरिसकेपछि छोटो जानकारी पठाउनको लागि 
    ९८९३ १७२१० ग्राहकको सर्वेक्षण गर्नको लागि 
    ७७२४ ३११२४ प्रयोगकर्ताले डिजिटल भ्यालु एडेट सर्भिस हटाउनको लागि 

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - १६:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij