Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे यी युवक

विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे यी युवक


  • 6.1K
    Shares

    विमानको ल्यान्डिङ गियरमा लुकेर ग्वाटेमालाबाट अमेरिका पुगे यी युवक
    images

    न्युयोर्क । एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् । शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्यान्डिङ गियरमा फेला परेका थिए । अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ काे विमानकाे ल्यान्डिङ गियरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए ।

    २६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गियरमा नै बसेका थिए । त्यति लामो यात्रामा उनी जीवितै फेला पर्नु दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन् ।

    निकै त्रसित मुद्रामा देखिएका उनलाई विमानस्थलबाट सीधै अस्पताल लगिएको थियो । उनी लुकेर अमेरिका प्रवेश गरेको विषयमा सीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    अमेरिकाको संघीय उड्यन प्रशासनअनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पाङग्रा वा ल्यान्डिङ गियरमा बसेर अमेरिका जाने क्रममा अहिलेसम्म १०० जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । एजेन्सी

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १३:५९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij