Logo

२०७८ मंसिर १२ गते आइतवार

images

शिक्षामन्त्री पौडेलले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीको दुखेसो, अब कस्तो कदम चलाउलान् त शिक्षामन्त्री ?

शिक्षामन्त्री पौडेलले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीको दुखेसो, अब कस्तो कदम चलाउलान् त शिक्षामन्त्री ?

खबर सेन्टर

८ मंसिर २०७८
  • 7.4K
    SHARES
  • images
    images
    शिक्षामन्त्री पौडेलले सुने इसीडी शिक्षक र विद्यालय कर्मचारीको दुखेसो, अब कस्तो कदम चलाउलान् त शिक्षामन्त्री  ?
    images
    images
    images

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) ले तलब नपाएको समस्या शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुनेका छन् ।

    images
    images
    images

    शिक्षामन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका पौडेलले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी ३१ बुँदे प्राथमिकताहरू सार्वजनिक गरे । सो प्राथमिकतामा केन्द्रित रहेर मन्त्रालयले काम गर्ने शिक्षामन्त्री पौडेलको भनाइ छ ।

    आफ्ना ३१ वटा योजना पत्रकारहरूलाई सुनाएपछि मन्त्री पौडेललाई पत्रकारले प्रश्न गरे । इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब समस्याबारे निरन्तर कलम चलाउँदै आएका एक जना सञ्चारकर्मीले शिक्षामन्त्रीलाई उक्त समस्या सुनाए । 

    समस्या सुनिसकेपछि शिक्षामन्त्रीले आज बुधबार (८ मंसिर) संस्थागत रूपमा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरू छलफल गर्ने बताएका थिए ।

    शिक्षमन्त्रीले भने, ‘यो विषय मन्त्रालयमा सुचीकृत भएको छ । पीडित पक्षहरूसँग हामीले धेरै पटक भेटेका छौं । भोलि बुधबार (८ मंसिर) नै संस्थागत रूपमा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरू यही बारेमा कुराकानीका निम्ति हामीले आमन्त्रण गरेका छौं ।’

    शिक्षामन्त्री पौडेलले श्रम मन्त्रालयले तोकेको १५ हजार न्युनतम पारिश्रमिक अनिवार्य रूपमा इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाउनुपर्ने बताए ।

    ‘श्रम मन्त्रालयले तोकेको १५ हजार पारिश्रमिक अनिवार्य रूपमा उहाँहरूले पाउनुपर्छ,’ मन्त्रीले भने, ‘त्यसको निम्ति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पनि छलफल गरेर हामीले निर्णय गरिसकेका छौं । निर्देशन गर्ने ठाउँमा निर्देशन गरिसक्यौं । कतिपय कुराहरू संघीय मामिला मन्त्रालयबाट निर्देशन जानुपर्ने भएको हुँदा मन्त्रालयसँग समन्वय गरेर त्यो रकम जसरी पनि उहाँहरूले प्राप्त गर्नुपर्छ भन्ने पक्षमा मन्त्रालय दृढ छ ।’

    इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई पारिश्रमिक दिन स्रोत छ वा छैन भन्ने कुरा तीनै तहका सरकारको जिम्मेवारीभित्र रहेको र यसका लागि तीनै तहका सरकारले जिम्मा लिनुपर्ने मन्त्री पौडेलको भनाइ छ । उनले भने,‘पालिकासँग स्रोत छ वा छैन भन्ने कुरा सरकारको हो । तीनै तहका सरकारले जिम्मा लिनुपर्छ । तर, श्रममा लगाइसकेपछि सरकारले तोकेअनुसार रकम पाउनुपर्छ ।’

    इसीडी शिक्षक र विद्यालय कर्मचारीका तलब समस्याबारे पत्रकारसम्मेलनमा केहीबेर छलफल नै भयो । अन्य सञ्चारकर्मीले पनि प्रश्न उठाए ।

    शिक्षामन्त्री पौडेल बोल्दाबोल्दै शिक्षा सचिव रामप्रसाद थपलियाले बिचमै रोके । उनले मोबाइल खोले । मोबाइलमा सेभ गरिएको पत्र पढे । त्यो थियो, शिक्षा मन्त्रालयले इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा स्थानीय तहसँग समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २०७८/३/८ मा पठाएको पत्र । 

    सचिव थपलियाले धेरै स्थानीय तहले पारिश्रमिक दिइसकेको र केहीले मात्र दिन बाँकी रहेको दाबी गरे । ७५३ स्थानीय तहमध्ये अधिकांशले तलब नै दिएका छैनन् । दिएकाे भए इसीडी शिक्षक र विद्यालय कर्मचारी किन आन्दोलित हुन्थे र ? 

    अब के गर्ने ?

    इसीडी शिक्षक र विद्यालय कर्मचारीले निरन्तर आन्दोलन गर्दै पारिश्रमिक उपलब्ध गराउन ध्यानाकर्षण गर्दा स्थानीय तहले बल प्रयोग गर्ने, निर्णय नगर्ने, निर्णय गरे पनि तोकिएभन्दा न्युन पारिश्रमिक उपलब्ध गराउने गरेका छन् । ध्यानीय तहले पारिश्रमिक उपलब्ध गराउन आनाकानी गर्न मिल्दैन । शिक्षक र विद्यालय कर्मचारीको आन्दोलन सुस्ताउँदै गएको देखिन थालेको छ । आन्दोलन स्थगित गरियो भने स्थानीय सरकारले झन हेप्छ । अधिकारका लागि आन्दोलन जरुरी छ । शिक्षकका समस्या समाधान गर्नकै लागि स्थापित संघसंस्थाहरूले पारिश्रमिकको समस्यातर्फ ध्यान दिन जरुरी छ । साथ चाहिने समस्या पर्दा पनि हो ।

    शिक्षामन्त्री देवेन्द्र पौडेलसँग इसीडी शिक्षक र विद्यालय कर्मचारीको अपेक्षा धेरै छ । तर शिक्षामन्त्रीले यो अपेक्षा नबुझेका हुन् कि ? शिक्षा मन्त्रालय शिक्षक र विद्यार्थीको अभिभावक हो । अभिभावकले समस्या बुझ्नुपर्छ । मन्त्रालयले न्युनतम मासिक पारिश्रमिक १५ हजार रूपैयाँ नदिने स्थानीय तहको ध्यानाकर्षण गराउनुपर्छ । इसीडी शिक्षक र विद्यालय कर्मचारी स्थानीय तहलाई पारिश्रमिकको जिम्मा लगाएकोप्रति शिक्षामन्त्रालयसँग खुसी छैनन् । उनीहरू सबैले संघीय सरकारले पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन् ।

     

    images
    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १६:५४:४३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार