Logo

२०७८ मंसिर १२ गते आइतवार

images

३ अर्ब १५ करोडको आईपीओ जारी गर्ने तयारीमा रहेका यी ५ जीवन बीमा कम्पनीले कति कमाए

३ अर्ब १५ करोडको आईपीओ जारी गर्ने तयारीमा रहेका यी ५ जीवन बीमा कम्पनीले कति कमाए

खबर सेन्टर

८ मंसिर २०७८
  • 470
    SHARES
  • images
    images
    ३ अर्ब १५ करोडको आईपीओ जारी गर्ने तयारीमा रहेका  यी ५ जीवन बीमा कम्पनीले कति कमाए
    images
    images
    images

    पाँच नयाँ जीवन बीमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी छ । आईपीओ जारी गर्न बाँकी रहेका पाँच कम्पनीमा रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ छन् । यी कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    विवरण अनुसार कम्पनीबीच प्रतिस्पर्धा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरण अनुसार पाँच कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ भने सबैभन्दा कम बीमाुशल्क संकलन महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको छ ।

    ५ कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ७५ करोड रुपैयाँ छ । पाँच जीवन बीमा कम्पनीले यस अवधिमा ३ अर्ब ८४ करोड एक लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

    सिटिजन लाइफ इन्स्योरेन्सले मात्रै १ अर्ब २१ करोड ८६ लाख रुपैयाँ खुद बीमाुशल्क संकलन गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३२ करोड ५२ लाख खुद बीमाशुल्क संकलन गरेको छ ।

    रिलायवल लाइफले ९२ करोड ८९ लाख रुपैयाँ, आईएमई लाइफले ७९ करोड २४ लाख रुपैयाँ र सन नेपाल लाइफले ५७ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

    चालु आवको पहिलो त्रैमासको अवधिमा पाँच कम्पनीमध्ये धेरै नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ छ । रिलायबल नेपाल लाइफले ७ करोड ४५ लाख खुद नाफा गरेको छ ।

    सबैभन्दा कम नाफा महालक्ष्मी लाइफले कमाएको छ । कम्पनीले यस अवधिमा २ करोड ५४ लाख खुद नाफा गरेको छ । यस अवधिमा रिलायवलपछि बढी नाफा सिटिजन लाइफले कमाएको छ । कम्पनीले ६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    सन नेपाल लाइफले ५ करोड २ लाख रुपैयाँ र आइएमई लाइफले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको सिटिजन लाइफको जीवन बीमा कोष पनि अन्य कम्पनीको तुलनामा मजबुत देखिएको छ ।

    यस अवधिमा सिटिजन लाइफको जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ र जगेडा कोषमा ७६ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।आइएमई लाइफको जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड रुपैयाँ, रिलायवल लाइफको ३ अर्ब ३ करोड रुपैयाँ, सन नेपालको २ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ ।

    जीवन बीमा कोषमा पनि महालक्ष्मी लाइफ इन्स्योरेन्सको सबैभन्दा थोरै १ अर्ब ५३ करोड रुपैयाँ मात्रै सञ्चिती रहेको छ । सबैभन्दा धेरै खुद नाफा कमाएको रिलायवल लाइफको जगेडा कोष बलियो देखिएको छ । रिलायबल लाइफको जगेडा कोषमा ९१ करोड ६ लाख रुपैयाँ सञ्चिती छ।

    सिटिजन लाइफको जगेडा कोषमा ७६ करोड ५८ लाख रुपैयाँ, आइएमई लाइफको ५१ करोड ७० लाख, सन नेपालको ३५ करोड ५२ लाख रुपैयाँ सञ्चिती छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम २० करोड ९८ लाख रुपैयाँमात्रै सञ्चिती छ । पाँच कम्पनीको ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन हुन बाँकी छ।

    images
    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १६:१७:३४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार