Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

झिनो अंकले बढ्यो नेप्से, टेलिकमसहित यी हुन् आज सार्वधिक कारोबार गर्ने १० कम्पनी

झिनो अंकले बढ्यो नेप्से, टेलिकमसहित यी हुन् आज सार्वधिक कारोबार गर्ने १० कम्पनी


  • 3.9K
    Shares

    झिनो अंकले बढ्यो नेप्से, टेलिकमसहित  यी हुन् आज सार्वधिक कारोबार गर्ने १० कम्पनी
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन (बुधबार) नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेको छ । नेप्से ०.०७ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा झरेको छ । 

    अन्तिम समयसम्म कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ७४ लाख ४५ हजार २ सय २७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर घटेको छ ।

    आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख ५६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

    बुधबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ६५ रूपैयाँ पुगेको छ । 

    आज गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयरमूल्य ५५ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय ४२ रूपैयाँ झरेको छ ।

    turn-over-mansir-8.jpg

     

    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १५:३५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij