२०८२ कार्तिक १० गते सोमवार
विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले ३० प्राथमिकता अघि सारेको छ । सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्नेदेखि शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न अधिकतम प्रयास गरिनेसम्मका प्राथमिकता छन् ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर आफ्ना प्राथमिकता बुँदागत रूपमा सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम र बजेटमा आएकादेखि केही नयाँ बुँदा थपेर मन्त्रालयले प्राथमिकता सार्वजनिक गरेको हो ।
सबै पालिका तथा प्रदेशलाई साक्षर घोषणा गर्ने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाइ गुणस्तरीय एवं रंगिन बनाउने उल्लेख छ ।
संघीय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गर्ने, निजी विद्यालयले सरकारले तोकेअनुसारको छात्रवृत्ति उपलब्ध गराए नगराएको प्रभावकारी अनुगमन गर्ने, शिक्षक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने, शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइप्रति स्वजवाफदेही बनाइने छ लगायतका बुँदा उल्लेख छन् ।
विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउनेदेखि विदेशी लगानीलाई प्रोत्साहन गर्नेसम्म
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij