Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

झापा र मोरङमा लागूऔषध सहित ४ जना पक्राउ

झापा र मोरङमा लागूऔषध सहित ४ जना पक्राउ


  • 12.8K
    Shares

    • images
    झापा र मोरङमा लागूऔषध सहित ४ जना पक्राउ
    images

    झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

    वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राती १० बजे भद्रपुर नगरपालिका–५ का २५ बर्षीय अर्जुन हल्दार र ३३ बर्षीय मुस्तेक शेकलाई लागूऔषध सहित पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले लागूऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । 

    त्यस्तै बुधवार अपरान्ह पौने ५ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागूऔषध सहित पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले एभील १ एम्पुल, लुपिजेसिक १ एम्पुल, डाईजोल्याव १ एम्पुल र नाईट्राभेट १०५ ट्याब्लेट बरामद गरेको छ ।

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - ११:४७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij