Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भीम रावललाई उपयुक्त विकल्प दिन सके केपी ओली सर्वसम्मत अध्यक्ष हुन सक्नुहुन्छः योगेश भट्टराई

भीम रावललाई उपयुक्त विकल्प दिन सके केपी ओली सर्वसम्मत अध्यक्ष हुन सक्नुहुन्छः योगेश भट्टराई


  • 4.6K
    Shares

    भीम रावललाई उपयुक्त विकल्प दिन सके केपी ओली सर्वसम्मत अध्यक्ष हुन सक्नुहुन्छः योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई उपयुक्त विकल्प दिन सकेमा केपी ओली सर्वसम्मत अध्यक्ष हुन सक्ने बताएका छन् ।

    नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “रावलको उम्मेदवारीलाई लोकतान्त्रिक अभ्यासका रुपमा लिनुपर्छ । पार्टी नेतृत्वले फराकिलो दृष्टिकोणका साथ कमरेड भीम रावलका निम्ति उपयुक्त विकल्प दिन सक्दा केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने वातावरण बन्न सक्छ । म शतप्रतिशत ग्यारेन्टी त गर्न सक्दिनँ । यो नेतृत्वको पहल र आकांक्षीको समझदारीमा भर पर्छ ।”

    एमालेलाई अध्यक्ष र महासचिव मात्र राखेर पनि अघि बढाउन सकिने भट्टराईले बताए । उनले भने, “एमालेले आठौं महाधिवेशनपछि मात्र बहुपदको व्यवस्था गरेको हो । पहिले महासचिव मात्र हुन्थे, अरु सबै सदस्य हुन्थे । त्यसैले पद गौण हो । पद आवश्यकताले सिर्जना हुन्छ । संविधान त संशोधन हुन्छ, नयाँ बन्छ भने विधान संशोधन हुन नसक्ने कुरा होइन । अध्यक्ष र महासचिव मात्र राखेर पनि अघि बढ्न सकिन्छ ।”

    दसौं महाधिवेशनमा फेरि पनि सचिव पदमा उम्मेदवारी दिने उनले बताए । उनले थपे, “पाँच वर्षको तालिमले मलाई पुगेन । म सचिवमै अघि बढ्छु । मलाई अझै तालिमको खाँचो छ । अर्को पाँच वर्षमा परिपक्व भएपछि अलिकति माथि जान्छु ।”

    आन्तरिक र बाह्य कारणले पार्टी प्रतिपक्षमा रहे पनि फेरि कमब्याक गर्ने दाबी उनले गरे । भट्टराईले भने, “संसदीय गणितको प्रभाव जनतामा अन्यन्त न्यून छ । केही साथीहरु बाहिरिए पनि माओवादी पार्टीका मानिसबाट क्षतिपूर्ति हुन्छ । एमाले यो महाधिवेशनको उत्साहबाट कम ब्याक हुन्छ । एमालेलाई विभाजित गर्न खोजे पनि एकताबद्ध छ र ताजा जनादेशबाट सत्तामा फर्कन्छ भन्ने सन्देश ८ लाख ५० हजार पार्टी सदस्यलाई दिनेछौं ।”

     
     

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १०:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij