२०८२ पौष ६ गते आइतवार
काठमाडौं। सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे एक अंक बढेको छ। आइतबार ११.६० अंक घटेर बन्द भएको नेप्से आजको सो सेसनमा १.४६ अंक बढेको हो । हिजो २७५७.५३ विन्दुमा बन्द भएको नेप्सेआज सो सेसनमा २७५८.९९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १२ कम्पनीको ४ हजार १४ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ ।
उक्त सेसनमा ३ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ। सो सेसनमा आज १४ लाख ६ हजार ७६० रुपैयाँ २० पैसा बराबरको सेर कारोबार भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij