Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आगलागी हुदाँ दुई घर जलेर नष्ट

आगलागी हुदाँ दुई घर जलेर नष्ट


  • 11.0K
    Shares

    आगलागी हुदाँ दुई घर जलेर नष्ट

    उत्तरी रसुवाको गत्लाङ्मामा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको छ । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

    करीब ६०० घरधुरी रहेको गाउँ बीचमा रहेका ती दुई घर नष्ट भएको र अन्य घर जोगाउन स्थानीयवासीले आगो नियन्त्रण गरेका थिए । क्षतिको विवरण लिने काम भइरहेको र घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको स्थानीयवासी पेम्बा तामाङले बताए । आगलागीको कारण भने अझै पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १५:५०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij