Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुने

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुने


  • 5.1K
    Shares

    राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुने

    सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति तय गरेकाे छ। माघ १२ गतेका लागि मिति तय गरिएकाे हाे।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति तोकेको हो।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीका अनुसार आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय भएकाे छ।

    आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ। उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जना निर्वाचनबाट आउनेछन्।

    सरकारले आयोगको प्रस्ताव बमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको छ। 

    संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेको छ।

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १३:०७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij