Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

स्थायी शिक्षकको परीक्षा फागुनमा, अध्यापन अनुमतिपत्रको विज्ञापन चैतमा (कार्यतालिका सहित)

स्थायी शिक्षकको परीक्षा फागुनमा, अध्यापन अनुमतिपत्रको विज्ञापन चैतमा (कार्यतालिका सहित)


  • 13.5K
    Shares

    स्थायी शिक्षकको परीक्षा फागुनमा, अध्यापन अनुमतिपत्रको विज्ञापन चैतमा (कार्यतालिका सहित)
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

    आयोगले शिक्षक अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा खुलाउने, असारमा परीक्षा लिइने र नतिजा आगामी असोजमा सञ्चालन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो। आयोगले अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मंसिरबाट सुरु गर्ने जनाएको छ।

    कार्यतालिकामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवाका लागि पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने उल्लेख छ। आयोगले खुला विज्ञापनको सामान्य परीक्षा फागुनमा, नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षा आगामी जेठमा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

    सामान्य र विषयगत परीक्षाको नतिजा साउनमा प्रकाशन गरिनुका साथै आगामी असोजमा शिक्षक सिफारिस गरिने र प्राथमिक तहको हकमा कात्तिकसम्म लाग्ने आयोगले कार्यतालिकामा उल्लेख गरेको छ।

    tsc-800x500.jpg

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १३:४७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij