२०८२ भाद्र ९ गते सोमवार
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तमा पेट्रोलियम पदार्थको मुल्य १०४.८ प्रतिशतले वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा २०७७ असोज मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४१.३४ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७८ असोज मसान्तमा १०४.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८४.६७ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ असोज मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १९०५.०५ रहेकोमा २०७८ असोज मसान्तमा ६.९ प्रतिशतले कमी आई अमेरिकी डलर १७७२.६५ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij