Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

ओली लोकतन्त्रविरोधी र निरंकुश तानाशाह :अध्यक्ष प्रचण्ड

ओली लोकतन्त्रविरोधी र निरंकुश तानाशाह :अध्यक्ष प्रचण्ड


  • 9.1K
    Shares

    ओली लोकतन्त्रविरोधी र निरंकुश तानाशाह :अध्यक्ष  प्रचण्ड
    images

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली लोकतन्त्रविरोधी र तानाशाह भएको बताएका छन् । 

    उनले पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘उहाँ बयलगाडामै हुनुहुन्छ, धर्मनिरपेक्ष, संघीयताविरोधी प्रतिगमनकारी ठाउँमै हुनुहुन्छ, हामीले सच्चिनुभयो होला भन्ने ठान्यौँ, तर अहिले अपिल गर्दै गर्दा कहीँ न कहीँ मलाई थोरै अप्ठ्यारो महसुस भएको छ, हामीले ओलीलाई बुझ्न सकिएनछ । यति निर्मम तरिकाले संविधानमाथि प्रहार कसैले गर्न सकेको थिएन । हामीले बनाएको प्रधानमन्त्रीले गर्लान् भन्ने सपनामा पनि सोचेका थिएनौँ ।’

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगाडि थपे, ‘ओली विधि–विधानप्रति, कम्युनिस्ट आचारणप्रति स्खलित भइसकेको, मोहभंग भइसकेको पात्र हुनुहुँदो रहेछ । उहाँले भनेको लोकतन्त्र कति निरंकुश रहेछ भन्ने विघटनबाट देखियो । उहाँ लोकतन्त्रवादी होइन, निरंकुश तानाशाह हो जसले देशलाई भड्खालोमा हाल्दै छ भन्ने प्रमाणित भएको छ ।’  (नयाँ पत्रिका)

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १६:२०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij