२०८२ भाद्र ३ गते मंगलवार
मुगु सदरमुकाम गमगढीमा साेमबार राति भीषण आगलागी भएको छ। जसमा जलेर २१ वटा घर नष्ट भएका छन्।
अचानक राति साढे १२ बजेदेखि आगलागी सुरु भएको मुगुका प्रमख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। ‘आगो अन्य घरमा नफैलियोस् भनेर केही घर भत्काइएको छ,’ प्रजिअ महतले भने, ‘पसलै पसल रहेका २१ घर जलेका छन्। आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन। जलेका घरहरुमा अझै आगो बलिरहेको छ। अन्य घरमा आगो फैलिनबाट भने हामीले रोकेका छौँ।’
स्थानीय खिन्ने लामाको पूजाकोठामा बालिएको बिजुली बत्तीबाट आगलागी सुरु भएको प्रजिअ महतले बताए। ‘गमगढीको साँघुरो सडक र बाक्लो बस्ती भएको बजारमा आगलागी भएकाले नियन्त्रणमा लिन निकै समय लाग्यो,’ महतले भने, ‘रातभरको प्रयासपछि अघि बिहान साढे ४ बजे मात्रै आगलागी नियन्त्रणमा आएको छ।’
महतका अनुसार मंगलबार बिहानसम्म पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा आगो निभाउने काममा सक्रिय छन्। आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरहरु भत्काइएको उनले बताए। ‘आगलागीबाट अरबौँको क्षति भएको अनुमान गरेका छौँ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij