Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी, आजदेखि स्कुल र सरकारी कार्यालय बन्द

भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी, आजदेखि स्कुल र सरकारी कार्यालय बन्द


  • 5.0K
    Shares

    भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी, आजदेखि स्कुल र सरकारी कार्यालय बन्द
    images

    वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् ।

    भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री केजरीवालले दिल्लीमा बढिरहेको प्रदूषणलाई पूर्णरुपमा रोक्न लकडाउनको विकल्पमा अघि बढ्न सकिने जवाफ दिएका हुन् ।

    भारतको सुप्रिम कोर्टले वायू प्रदूषणलाई तत्काल रोकथाम गर्ने योजना सोमबार पेश गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिएको थियो । अदालत आफैले लकडाउन गर्न सुझाव समेत दिएको थियो ।

    दिल्लीको वायुको गुणस्तरमा सोमबार केही सुधार आएको जनाइएको छ । गम्भीर श्रेणीबाट अति खराबको सूचीमा एक्युआइ आएको छ । दिल्लीको एक्युआइ आज ३३८ पीएम छ ।

    एक्युआइ शून्यदेखि ५० को बीचमा रहनुलाई स्वस्थकर वायू मानिन्छ । आजदेखि दिल्लीमा एकसातासम्म विद्यालय र सरकारी कार्यालय बन्द रहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - ११:४०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij